Section 31
परिषद्को विघटन
: (१) परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम आफूलाई प्राप्त अधिकारको प्रयोग गर्न नसकेको वा अधिकारको दुरुपयोग गरेको वा प्राप्त अधिकारभन्दा बढी अधिकार प्रयोग गरेको वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम परिषद्ले पालन गर्नु पर्ने कर्तव्य पालन गर्न नसकेको भन्ने नेपाल सरकारलाई लागेमा नेपाल सरकारले परिषद्विघटन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परिषद् विघटन भएमा परिषद्को कोष तथा सम्पत्ति नेपालसरकारले आप नो जिम्मामा राखी अर्को परिषद् गठन नभएसम्म परिषद्ले गर्नु पर्ने सबै काम कारबाही आफैले गर्न वा कुनै समिति गठन गरी सो समितिबाट गराउन सक्नेछ ।
(३) उपदफा (१) बमोजिम परिषद् विघटन भएको साधारणतया तीन महिनाभित्र नेपाल सरकारले दफा ५ बमोजिम अर्को परिषद्गठन गर्नेछ ।
(४) उपदफा (३) बमोजिम अर्को परिषद् गठन भएमा उपदफा (२) बमोजिम नेपाल सरकारले आप्ःनो जिम्मामा राखेको कोष र सम्पत्ति उक्त परिषद्लाई हस्तान्तरण
गर्नेछ ।